logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

देवचुली नगर अस्पतालबाट २४ घण्टे सेवा

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१८ असार २०८०, सोमबार
Share it

खगेन्द्र पराजुली, नवलपुर, असार १८ ।
देवचुली नगरपालिकाले नगर अस्पतालको सेवा चौविसै घण्टा सुचारु गरेको छ । सोमवार सेवा सुचारुको उद्घाटन गर्दै नगर प्रमुख हरिप्रसाद न्यौपानेले नगरवासीका लागि पर्याप्त सेवा प्राप्त होस् भन्ने चाहनालाई पूरा गर्न नगरपालिकाको चासो पुगेकै कारण सफल भएको बताए । उनले नगरपालिकाले कर्मचारी परिपूर्ति, उपकरण ब्यवस्थापन, पूर्वाधार लगायतका क्षेत्रमा ध्यान दिईरहेको जिकिर गरे ।
सोही अवसरमा नगर अस्पतालबाट सर्पदंश उपचार सेवा समेत थालनी भएको छ । प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले यो क्षेत्र सर्पदंशका घटना धेरै हुने ठाउँ भएकाले छिटो उपचार नहुँदा अकालमै हुने मृत्युसम्मको घटना न्यूनीकरण हुने अपेक्षा ब्यक्त गरे । नगर प्रमुख न्यौपानेले सर्पदंशबाट जोगिन सावधानी अपनाउन आग्रह गरे ।
यस्तै, यस वर्ष वडा नं. ३ र सोही वडामा रहेको नगर अस्पताललाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले पोषणमैत्री घोषणा गर्न पूरा गरिएका मापदण्ड र सूचकहरु पूरा भएको प्रतिवेदन पढेर सुनाएपछि यस्तो घोषणा गरिएको हो ।
नगर अस्पतालका प्रमुख चित्रबहादुर सुनारले कर्मचारी ब्यवस्थापन, प्रयोगशाला, उपकरण स्तरबृद्धि र शैंया क्षमतामा समेत बृद्धि गरी २४ सै घण्टे सेवा प्रवाहमा नगर अस्पताल प्रवेश गरेको सुनाए ।
५ जना चिकित्सक र १० जना स्थायी कर्मचारी सहित ४३ जना स्वास्थ्य कर्मचारी छन् । दैनिक सरदर २५० को हाराहारीमा बिरामी स्वास्थ्य सेवाका लागि आउने यो अस्पतालमा यसअघि दिनमा ओपिडी सहितको प्रयोगशाला, एक्सरे, भडियो एक्सरे सेवाका साथै २४ सै घण्टा आकस्मिक तथा प्रसुती सेवा प्रदान गर्दै आएको थियो ।
गत बैशाख पहिलो साताबाट बिहान ७ देखी बेलुका ७ बजेसम्म १२ घण्टे सेवा प्रवाह गर्दै आएको अस्पतालले अवदेखि अस्पतालबाट प्रदान हुने सवै सेवा २४ सै घण्टा सेवा  उपलब्ध गराईने अस्पतालका सूचना अधिकारी गणेशप्रसाद न्यौपानेले जानकारी दिए ।
अस्पतालमा भएका पोषणमैत्री स्वास्थ्य संस्था घोषणा, २४ सै घण्टा सेवा प्रवाह र सर्पदंश उपचार सेवा सुभारम्भ तथा घोषणा कार्यक्रममा नगर उपप्रमुख पार्वता तिवारी, नगर प्रवक्ता तिलप्रसाद काफ्ले लगायत विभिन्न वडाका अध्यक्ष, स्वास्थ्य शाखाका कर्मचारी, अस्पतालमा कार्यरत चिकित्सक, प्राविधिक, स्वास्थ्यकर्मी, कर्मचारीको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram