logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

देवचुलीको शिक्षातर्फकाे ४० लाख रुपैंया विद्यार्थीलाई वितरण

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१८ असार २०८०, सोमबार
Share it

खगेन्द्र पराजुली, नवलपुर, असार १८ ।
चालु आर्थिक वर्ष २०७९/८० का लागि देवचुली नगरपालिकाद्धारा छुट्याईएको शिक्षातर्फकाे ४० लाख रुपैंया बजेट लक्षित विद्यार्थीलाई वितरण भएको छ । नगरले विपन्न छात्रवृत्ति शिर्षकमा छुट्याएको ४० लाख रकम सामुदायिक विद्यालयका १ हजार विद्यार्थीलाई हस्तान्तरण गरेको हो । उक्त छात्रवृत्ति जनही ४ हजार रुपैंयाका दरले वितरण भैरहेको छ ।
विपन्न, दलित, अल्पसंख्यक, उत्पीडित परिवारका बच्चाबच्ची आर्थिक अभाव र शैक्षिक सामग्रीको अभावमा विद्यालय जानबाट बञ्चित हुन नपरोस् भनेर छात्रवृत्ति वितरण गरिएको नगर उपप्रमुख पार्वता तिवारीले बताईन् ।
सोमवार जन ज्योति नमूना मावि र नवनेपाल आधारभूत विद्यालयमा विद्यार्थी अभिभावकको उपस्थितिमा अभिभावकलाई छात्रबृत्तिको रकम प्रदान गरियो ।
छात्रबृत्ति बुझ्न आएका अभिभावकले दीनदुखीलाई आर्थिक अभावमा बालबच्चा कसरी पढाउने होला भन्ने पिरलोले सताएका बेला पाएको पैसाले पोशाक, झोला, कापी, कलम, कितावका लागि खर्च गर्न पाउँदा बोझ कम भएको सुनाए ।
जनज्योति नमूना माविमा उपप्रमुख पार्वता तिवारीले र नवनेपाल आधाभूत विद्यालयमा वडा नं. १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगरले छात्रवृत्ति रकम हस्तान्तरण गरेर वितरण प्रक्रियालाई लेखा प्रशासनले जिम्मेवारी लिएका थिए ।
जनज्योति नमूना माविका ५३ र नवनेपाल आधारभूत विद्यालयका ३२ जना विद्यार्थी छात्रवृत्तिका लागि सिफारीस भएका थिए ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram