logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

नवलपुर उद्योग बाणिज्य संघको भवन प्रशासनले भत्कायो

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२२ असार २०८०, शुक्रबार
Share it

कावासोती, असार, २२
नवलपुर जिल्लाको सदरमुकाम कावासोतीमा रहेको नवलपुर उद्योग बाणिज्य संघको भवन जिल्ला प्रशासनले भत्काईदिएको छ । जिल्ला प्रशासनले सुरक्षा निकायको बलमा आधिकारिक जानकारी समेत नदिई निरकुंस शैलीमा निर्माण सम्पन्न भवन भत्काउने, निर्माणमा प्रयोग गरिएका सामान समेत लैजाने कार्यको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष र महासचिवद्वारा जारी सयुक्त प्रेस बिज्ञप्ती मार्फत भत्स्रना तथा निन्दा गरेको छ ।
नवलपुर उद्योग बाणिज्य संघले कावासोती –३, राममन्दिर क्षेत्र भित्र २०७६ सालमा कार्यालय स्थापना गर्न केही क्षेत्र तार पोल गरी टिनको छानो लगाउने कार्य सम्पन्न गरेको थियो। २०७८ साल पौष २२ गते तत्कालिन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले नवलपुर उद्योग वाणिज्य संघको भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेता पनि स्थान नतोक्दा भवन निर्माण कार्य अन्योलमा परेकोले दलहरुको सहमतिमा अर्को व्यवस्था नहुदासम्म अस्थायी कार्यालय स्थापना गर्ने निर्णय गरेकोमा प्रशासनले शक्तिको प्रयोग गरी भवन भत्काईदिएको हो ।
कार्यालयलाई व्यवस्थापन गर्ने बिषयमा जिल्लामा रहेका दलका प्रमुख एवम् प्रतिनिधिहरु, संघका पुर्व सल्लाहकारहरु, पूर्व अध्यक्षहरु समेतको संयुक्त बैठक बसी जिल्ला प्रशासन कार्यालयमा डेलिगेसन गई अर्को व्यवस्था नहुदासम्मका लागि नवलपुर उद्योग बाणिज्य संघलाई अस्थायी रुपमा कार्यालय संचालन गराउनका लागि अनुरोध समेत भएको, वार्ता र सम्वादको माध्यमबाट समस्यालाई समाधान गर्न दलले गरेको आग्रहलाई समेत प्रशासनले उपेक्षा गरेको छ ।
प्रेस विज्ञप्ती मार्फत प्रशासनले आफ्नो वल प्रयोग गरी ज्यादतिपूर्ण रुपमा गरिएको यस्तो गैर न्यायिक कार्यको यथासक्य जग्गा व्यवस्थापन गर्ने, भवन निर्माण गर्ने, भत्काईएको भवनको पूर्णरुपमा क्षतिपूर्तीको व्यवस्थापन गर्न जोडदार माग गर्दै समस्या समाधान नभएमा चरणवद्धरुपमा आन्दोलन गर्न बाध्य हुने र यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार जिल्ला प्रशासन कार्यालय हुने समेत प्रेस बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram