खगेन्द्र पराजुली, असार २३ ।
नवलपुर । कावासोतीमा विदेशी कन्सल्ट्याण्ट प्रतिनिधिले विदेश जान चाहने विद्यार्थीसँग अन्तरक्रियामा सहभागीता जनाउने भएका छन्। कावासोतीको थानाचोकमा रहेको विएमडब्लु कन्सल्टेन्सीको कार्यालयमा भोलि (आइतवार) विहान ११ बजेदेखि एक दिवसीय अन्तरक्रिया हुने बिएमडब्लु ब्यवस्थापनले जनाएको छ ।
अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा लगायतका बिदेश मुलुकमा जाने विद्यार्थीलाई सहज होस् भन्ने उदेश्य र विद्यार्थीका वैदेशिक अध्ययन का शिलशिला तथा सन्दर्भका जिज्ञासा विदेशी प्रतिनिधिमार्फत नै मेटाउनेका लागि अन्तरक्रिया त्मक कार्यक्रम आयोजना गरिएको वियमडब्लु कावासोती शाखाका डाइरेक्टर राजेश खरेलले जनाएका छन् ।
निशुल्क सहभागिताको अवसर जुटाइएकोले लक्षित विद्यार्थी तथा तिनका अभिभावकले समेत अवसरको भरपुर उपयोग गर्ने अपेक्षा कम्पनीले लिएको छ ।
गत साल अशोजमा कावासोतीमा शाखा विस्तार भएपश्चात कावासोती शाखावाट मात्रै ३० जना विद्यार्थी सहज ढंगवाट अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा र युरोपका अन्य मुलुकमा पुगेको तथ्याङ रहेको छ ।
नेपालमा काठमाण्डौ, पोखरा, वुटवल लगायत १० ठाउँमा शाखा रहेको विएमडब्लु कन्सल्टेन्सीको अन्तराष्ट्रिय सम्पर्क शाखा कार्यालयहरू समेत छन् ।
अन्तराष्ट्रिय स्तरको कन्सल्टेन्सी संस्थाको रूपमा स्थापित विएमडब्लुका अष्ट्रेलियाको मेलवर्न, सिड्नी र ताज्मानियामा ३ स्थान तथा श्रीलंका लगायतका देशहरूमा थुप्रै शाखा छन्।
नेपालमा सन् २००६ देखी निरन्तर विद्यार्थी पठाउदै आएको कन्सल्टेन्सीले हजारौं बिद्यार्थीको अध्ययन र्भिसामा सहजीकरण गरेको खरेल बताउँछन् ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली