logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

करले तातेको देवचुली: नगरपालिकामा ध्यानाकर्षण, उवासंघमा ताला 

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१० श्रावण २०८०, बुधबार
Share it

 

खगेन्द्र पराजुली, नवलपुर, साउन १० ।

आर्थिक मन्दी, ब्यापार-व्यवसायमा गिरावट, ब्यवसायी पलायन, जस्ता नकारात्मक प्रभावका कारण प्रताडित भएका वेला नगरपालिकाले कर बढाएको भन्दै देवचुलीका व्यापारी - ब्यवसायी तथा सरोकारवाला संघसंस्थाकाले ध्यानाकर्षण जनाएका छन् ।

देवचुली उद्योग वाणिज्य संघले देवचुली नगरपालिकाले लागु गरेको नयाँ करको दायराप्रति शुरुमा आपत्ति जनाउँदै नगरपालिकामा पेश गरेको ज्ञापन पत्रको अभियानमा देवचुली होटल ब्यवसाय संघ हुँदै यहाँका बजार ब्यवस्थापन समिति समेतले वढाइएको कर घटाउन माग सहित डेलिगेसन लाई निरन्तरता दिइरहेका छन् ।

बुधवार दलदले वजार व्यवस्थापन समिति र प्रगतिनगर बजार व्यवस्थापन समितिका तर्फवाट नगरपालिकाले चालु वर्षमा बढाएको कर अहिलेको आर्थिक संकटका वेला अत्यन्त अब्यवहारिक भएकाले सच्याउन माग गरेका छन् ।

उता, उद्योग वाणिज्य संघ देवचुलीले दोहोरो भूमिका खेलेको भन्दै बजारवासी र ब्यापारी व्यवसायीले उवासंघ देवचुलीको कार्यालयमा तालाबन्दी गरेका छन् ।

गत जेठ २६ गते नगरपालिकाको राजश्व परामर्श समितिको बैठकमा उवासंघ देवचुलीका अध्यक्ष सूर्य प्रसाद दवाडी र उपाध्यक्ष तेज प्रसाद न्यौपाने समेतले नगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न वनेको ऐन २०७० को मस्यौदा समितिवाट स्वीकृत गरी कार्यपालिकामा पठाउने निर्णयमा सहमति जनाएको खुलासा भएपछि आक्रोशित व्यापारी व्यवसायीले उद्योग वाणिज्य संघको कार्यालयमा ताला लगाएका हुन् ।

नगरपालिकाले भने ६ वर्षसम्म करमा वृद्धि नगरिएकोले यसपटक छलफल, सल्लाह सुझाव संकलन र अध्ययनका आधारमा कर सम्बन्धी प्रस्ताव पास गरिएको जनाएको छ ।

कोभिड कालमा ब्यवसायीको पीडालाई मध्यनजर गर्दै करमा छुट दिईएको तर यसपटक राजश्व वृद्धिका लागि पनि व्यवहारिक र वैज्ञानिक कर निती लागु गरिएको जिकिर नगरपालिकाको छ ।

देवचुली नगरपालिकाले गत वर्ष देवचुली उद्योग वाणिज्य संघ र नगरभित्र क्रियाशील वजार व्यवस्थापन समिति समेतको समन्वयमा घुम्ती शिविरमार्फत ब्यवसाय उद्योग दर्ता - नवीकरण अभियान चलाएको थियो । करको दायरा बढाउनुभन्दा करदाताको सहभागिता बढाएर राजश्व संकलनमा टेवा पुयाउने उदेश्य तेर्स्याएर यसै वर्ष कर वढाउनु व्यवसायी विरोधी मात्रै नभएर जन विरोधी कार्य भएको आक्रोशित व्यवसायी को मत छ ।

देवचुली नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ का लागि जारी गरेको करमा ३३ प्रतिशत देखि ५ सय ३३ प्रतिसत सम्म कर वृद्धि गरेको छ ।

 

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram