logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

देवचुलीमा विवादित करको विषय सुल्झाउन कार्यदल सक्रिय

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१३ श्रावण २०८०, शनिबार
Share it

खगेन्द्र पराजुली, नवलपुर, साउन १३ ।

कर वृद्धिको विवादपछि विकसित स्थितिको सहजीकरण र राय-सल्लाह सहितको प्रतिवेदन पेश गर्न बनेको कार्यदलले वार्ता र छलफल प्रक्रियामार्फत अविलम्ब निष्कर्षमा पुर्याउने गरी तदारुकता देखाएको छ ।

कार्यदल बनेको २४ घण्टाभित्रैमा शुक्रवार अपरान्हदेखि शनिवार विहानसम्म दलदले बजार ब्यवस्थापन समिति, प्रगतिनगर बजार ब्यवस्थापन समिति, देवचुली होटल ब्यवसाय संघ, देवचुली उद्योग बाणिज्य संघ र राष्ट्रिय मान्यता प्राप्त देवचुलीमा क्रियाशील राजनैतिक दलका नेता तथा प्रतिनिधिसँगको छलफलबाट राय-सल्लाह, सुझाव सहित कर सम्बन्धि धारणा लिने काम गरेको छ ।कार्यदलका संयोजक तिलप्रसाद काफ्लेको अध्यक्षतामा बजार ब्यवस्थापनको एक टोली, होटल र उद्योग वाणिज्यको अर्को र सर्वदलीय सहितको तिनवटा बैठकमा विषय केन्द्रित छलफल भएको बैठकमा सहभागी संस्थागत प्रतिनिधि र नगरपालिकाका तर्फवाट कार्यदलका संयोजक काफ्लेले जानकारी दिए ।

बैठकमा सहभागी बजार ब्यवस्थापन र उद्योग वाणिज्य तथा होटल व्यवसायका प्रतिनिधिले अहिलेको बजारको स्थिति कोरोना कहरपछि पनि थलिएको, धरासाही, पलायन जस्ता लक्षणले गाँजेको विषम परिस्थितिलाई मध्यनजर गर्दै संकटमा टिकेका व्यवसायी-व्यापारीको संरक्षणका निम्ति पनि बिना शर्त वढेको कर पुरानै रूपमा कायम गर्न सुझाव सहित धारणा राखिएको प्रगतिनगर बजार ब्यवस्थापन समितिका अध्यक्ष शिवलाल गैरे बताउँछन् ।

माओवादी केन्द्र देवचुलीका अध्यक्ष सत्यनारायण भुसालले व्यवहारिक र बैज्ञानिक कर नीति बनाउन सुझाव दिएको बताए। उनले वस्तु उत्पादन गर्ने उद्योगलाई कारोवार वा उत्पादन क्षमताको आधारमा करको दायरामा ल्याउनुपर्ने र व्यापारी व्यवसायीले आन्तरिक राजश्वदेखि विभागीय कार्यालय समेतमा राजश्व बुझाइरहंदा सरकारी लोगों टाँसिएका कति कार्यालयमा वाध्यकारी कर वुझाउनुपर्ने हो भनी प्रश्न गरे । उनले विवादित करको विषय नगरभित्रै रहेका अर्थशास्त्रका परामर्शदाताहरु समेतको संलग्नतामा यहाँ सुहाउँदो कर नीति सम्बन्धि खाका-मस्यौदा तयार पार्नुपर्ने सुझाएको बताए ।

कार्यदलका संयोजक काफ्लेले वर्तमान परिस्थितिलाई मध्यनजर, आएका राय सल्लाह सुझाव र विषय विज्ञको परामर्शवाट निस्किएको निचोडमार्फत टुंगोमा पुग्नेगरी कार्यदलले आफ्नो गतिविधि र सक्रियता छलफल केन्द्रित अगाडी वढिसकेको वताए ।

सरोकार पक्ष र राजनैतिक दलका प्रतिनिधिसँगको एक चरण छलफल सकारात्मक रहेकोले अब विषय विज्ञसँगको परामर्श र छलफल हुने काफ्ले बताउँछन् ।

विषय विज्ञसंगको सुझाव लगत्तै सरोकार पक्षका एक-एक प्रतिनिधि सहितको छलफलवाटै निष्कर्षमा पुग्ने गरी कार्यदलको प्रतिवेदन आउने नगर प्रवक्ता समेत रहेका कार्यदलका संयोजक काफ्लेले जिकिर गरेका छन् ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram