खगेन्द्र पराजुली, नवलपुर, साउन १४ ।
देवचुली नगरपालिकाको राजश्व शाखा, उपप्रमुखको कार्यकक्ष र देवचुली उद्योग वाणिज्य संघको कार्यालयमा लागेको ताला खुलेको छ ।
नगरपालिकाले वृद्धि गरेको कर घटाउन माग गर्दै आएका व्यापारी - व्यवसायीले दबाव स्वरूप लगाएको ताला सोही समूहले नै खोलिदिएको छ ।
तालावन्दीपछि तत्काललाई कर दायित्व भुक्तानी नगर्ने आसयको सूचना र समस्या समाधानको पहल गर्न नगरपालिकाका तर्फबाट कर वृद्धि पुनरावलोकन कार्यदल बनेर सरोकार पक्षसँग वार्ता छलफलका गतिविधि केन्द्रित भएका कारण कार्य सम्पादन सहज र छिटो होस् भनेर ताला खोलिएको दलदले वजार ब्यवस्थापन समितिका सचिव चिरञ्जिवी पाण्डेले जानकारी दिए ।
शनिवार अपरान्ह दलदले वजार ब्यवस्थापन समितिको कार्यालयमा रजहर, प्रगतिनगर, दिव्यपुरी, धारापानी वजार व्यवस्थापन समिति, उद्योग वाणिज्य संघ, होटल व्यवसाय संघ लगायत सरोकार सम्बन्धित संघसंस्थाका पदाधिकारी - प्रतिनिधिको संयुक्त बैठकमा ताला खोल्ने विषयमा सहमति जुटेपछि आइतवार ताला खोलेको दलदले वजार व्यवस्थापन समितिका अध्यक्ष राजेश रसाइलीले बताए ।
नगरपालिकामा वनेको कार्यदलका संयोजक तिलप्रसाद काफ्लेले प्रेस विज्ञप्ति मार्फत वार्ता-संवाद र छलफलवार विवादित करको विषय टुंगोमा पुर्याउने उल्लेख गर्दै ताला खोल्न आग्रह गरेका थिए । यसबीचमा कार्यदलले एक चरणको छलफल मार्फत सुझाव- धारणा लिने काम गरेको छ ।
गत बुधवार आक्रोशित व्यापारी- ब्यवसायीको एक समूहले उद्योग बाणिज्य संघ देवचुलीको कार्यालयमा तालावन्दी गरेका थिए। भने विहीवार उद्योग वाणिज्य संघका अध्यक्ष र वरिष्ठ उपाध्यक्ष वाहेकको ब्यापारी-- ब्यवसायीको टोलीले संघर्ष समिति बनाएर नगरपालिकामा उपप्रमुख र राजश्व शाखाको कोठाको ढोकामा ताला लगाएका थिए।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली