खगेन्द्र पराजुली, नवलपुर, साउन २० ।
लक्ष्मी युवा क्लवले आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले रगत दान गरेका छन् । देवचुली नगरपालिका बडा नं. १२ लक्ष्मीपुरका युवाहरूको सक्रियतामा क्रियाशील क्लवका अध्यक्ष विनोद भुसालको अध्यक्षता तथा वडा अध्यक्ष लोक प्रसाद भुर्तेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ब्यानर वाचन तथा पहिलो रक्तदाताका रूपमा सहभागी भएर वडाअध्यक्ष भुर्तेलले रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
नेपाल रेडकस सोसाइटी नवलपुर रक्तसञ्चार सेवा कावासोतीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी देवचुली उपशाखाका सभापति देवेन्द्र शर्मा, वडा सदस्यहरू, संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो ।
विगतदेखी नै विभिन्न सामाजिक गतिविधिमा भूमिका निर्वाह गर्दै आएको क्लवले मानवीय तथा सेवामूलक गतिविधि सञ्चालन गरेर समाजमा सकारात्मक सन्देश दिएको भन्दै वडाअध्यक्ष भुर्तेलले सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
रक्तसञ्चार सेवाकी प्रयोगशाला प्राविधिक प्रमुख सरस्वती भुसालले हरेक दान मध्येको महादान र जीवनदानका रूपमा मानिने रक्तदानमा महिला सहभागिताका लागि सचेतनाको खाँचो रहेको अनुभव सहितको प्रतिक्रिया दिनुभयो । ३ महिनाको त्रैमासिक चक्रमा पुरानो रगत शरीरवाट स्वत: नष्ट भएर जाने र नयाँ रक्त कोशिका हरु सक्रिय भई रक्तसञ्चार हुने भएकाले स्वस्थ महिलाले रक्तदान गर्न डराउनु नपर्ने भुसाल वताउनुहुन्छ ।
आयोजित रक्तदान कार्यक्रममा ६ जना महिला र ३९ जना पुरुषले रगत दिएका छन्। सहभागी रक्तदातालाई क्लबका तर्फवाट प्रमाण-पत्र प्रदान गरिएको थियो ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली