logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

दिब्यपुरी भूपू सैनिकको ७ दिने योग शिविर भयो समापन

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
३२ श्रावण २०८०, बिहीबार
Share it

खगेन्द्र पराजुली, नवलपुर, साउन ३२ ।
दिब्यपुरी भुपु सैनिक जनकल्याण समूहले सञ्चालन गरेको ७ दिवसीय योग शिविरको समापन भएको छ । देवचुली नगरपालिका वडा नं. ३ आम्वासमा सञ्चालित शिविर बुधवार सकिएको हो ।
सात दिनसम्म पतञ्जली योग समिति नवलपुर, प्रगतिनगर योग समिति देवचुली र मनोपरामर्शदाता सहित एक दर्जन प्रशिक्षकले प्रदान गरेको सात दिनसम्मको तालिमबाट प्रभावकारी सिकाई भएको शिविरमा सहभागीको अनुभव छ ।
शिविर अवधिभर प्रशिक्षकहरुले योगका आठवटै विधाका बारेमा चर्चा सहित अभ्यास समेत गराएका थिए । तनावमुक्त जीवन, स्वस्थ र सात्विक भोजन, सकारात्मक सोच, घरेलु आयुर्वेदिक गुण भएका जडीवुटीको परिचय, ब्यायामका आसन ति आसनले शारीरिक, मानसिक रुपमा पार्ने सकारात्मक प्रभाव र उर्जा, ध्यान, साधना, भजन, किर्तन र भगवानप्रतिको समर्पणले प्राप्त हुने आनन्दका बारेमा सात दिनसम्मको शिविर केन्द्रित रहेको थियो ।
समापन कार्यक्रममा बोल्ने बक्ताहरुले योग अभ्यास शिविर निकै प्रभावकारी भएकोले यसलाई आफ्नो जीवनमा दैनिक लागु गर्नुपर्ने बताए ।
दिब्यपुरी खानेपानी संस्थाका अध्यक्ष तिलप्रसाद पाठकले शरीरलाई ईन्जिनबाट चल्ने मेसिनसँग तुलना गर्दै एउटा सानो समस्याले ठूला मेसिन चल्दैनन् भने जस्तै हाम्रो शरीर र अंगहरु पनि त्यस्तै भएको बताए ।
देवचुली नगरपालिका वडा नं. ३ का अध्यक्ष होमनाथ पौडेलले सात दिनसम्म सञ्चालित शिविरमार्फत सिकेका ज्ञान, सत्बुद्धि, पाठ, खानपान र आहारविहारका सिकाईहरुलाई अनन्तसम्म ग्रहण गर्दै ब्यवहारमा उतार्न आग्रह गरे ।
आयोजक संस्थाका अध्यक्ष देवेन्द्र शर्माले मानव स्वास्थ्यलाई ध्यानलाई राख्दै सञ्चालन भएको शिविरबाट प्राप्त सीपलाई सवैले निरन्तर ब्यवहारमा उतारेर निरोगी रहन र स्वास्थ लाभ प्राप्त हुनेछ भन्नेमा आफूले बिश्वास लिएको बताए ।
गत बुधवारदेखि बहुउद्देशीय योग तथा सामुदायिक भवन सेतीदेवी मन्दिरमा शिविर चलेको थियो । समापनका अवसरमा सातैदिन योग शिविरमा सहभागी भएका दुईजना ८० वर्षमाथीका ज्येष्ठ नागरिकलाई आयोजक संस्थाले सम्मान गरेको थियो । यस्तै, सोही क्रममा नेपाल रेडक्रस सोसाईटी देवचुली उपशाखाका तर्फबाट रेडक्रसका पदाधिकारीले मन्दिर ब्यवस्थापन समितिका अध्यक्षलाई घाम पानी ओतका लागि रेडक्रसको लोगो अंकित त्रिपाल हस्तान्तरण गरेका थिए ।
दिब्यपुरी भूपू सैनिक जनकल्याण समुहका अध्यक्ष देवेन्द्र शर्माको अध्यक्षतामा भएको समापन कार्यक्रममा वडाअध्यक्ष होमनाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव भीमबहादुर विकले गरेका थिए ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram