logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

सामान्य काम गराउन पनि विरोधमै उत्रिनुपर्ने बाध्यता, सडकमै खाट तेर्साएर विरोध गरेपछि बल्ल आए चाईना कम्पनीको मेसिन औजार र श्रमिक

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२१ भाद्र २०८०, बिहीबार
Share it

खगेन्द्र पराजुली, नवलपुर ।
नेपालमा संबेदनशील विषयका समस्या र काम गर्न पनि दवावमूलक आन्दोलन, प्रदर्शन वा विरोध गर्नुपर्छ भन्दा अत्युक्ति नहोला । आधारभूत र सामान्य कामचलाउ काम गर्न पनि महेन्द्र राजमार्गमा सांकेतिक विरोध गरेपछि निर्माण कम्पनीका मेसिन, औजार र श्रमिकहरु परिचालन भएका छन् ।
देशकै मेरुदण्डको रुपमा रहेको बुटवल नारायणगढ खण्ड स्तरोन्नतिकै क्रममा छ । चाईनाको प्रतिष्ठित कम्पनी चाईना स्टेट कर्पोरेशनले यहाँ काम गरिरहेको छ । विस्तारको क्रममा रहेको सडकमा सहज र सजिलोसँग यात्रु तथा मालवाहक साधनहरु आवागमन हुनु पर्ने, सेवाग्राही तथा सडक उपभोक्तालाई जोखिमयुक्त सडक हुन नहुने, मानव स्वास्थ्य, पर्यावरणमा प्रतिकुल असर पार्ने खालको प्रदुषण हुन नहुने लगायत अन्य थुप्रै मापदण्ड र शर्तहरु पालना गर्दै निर्माण कार्य गर्नुपर्ने यस आयोजनामा कम्पनीको दायित्य रहेको छ । तर, यसको ठीक उल्टो यहाँको सडक मुस्ताङ, कर्णालीको हुम्लाजुम्लाको भन्दा पनि धेरै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको यो खण्ड हुँदै पूर्वपश्चिम यात्रा गर्ने यात्रु, चालकहरु सुनाउँछन् । सडकको दायाँबायाँ घर भएका नागरिकहरु सडकबाट निस्किएको प्रदुषित धुलोका कारण आजित छन् । सुस्त गतिमा काम हुँदा एक वर्ष अगाडीदेखि जोतेर छोडेका बजार–बस्ती नजिकको क्षेत्रमा समेत प्रभावकारी काम नहुँदा स्वतस्फूर्त रुपमा स्थानीयहरु आक्रोसित हुन थालेका छन् ।
यसै क्रममा शनिवार बिहान देवचुली १५ प्रगतिनगरमा स्थानीयले महेन्द्र राजमार्गमा सांकेतिक विरोध जनाए ।
सडक निर्माण कम्पनी चाइना स्टेट कर्पोरेसनले लामो समयदेखी बजार क्षेत्रमा सडकको काम लथालिङ्ग पारेर छोडेको भन्दै राजमार्गमै खाट तेर्स्याएर उनीहरु विरोधमा उत्रिएका हुन् ।
शनिवार विहान राजमार्गमा उत्रेका बजारवासीले सडकको आवागमनमा पर्ने गरेको अप्ठेरो वाहेक सडकको काम अगाडी नवढ्दा स्थानीयवासीको स्वास्थ्यमा गम्भीर असर परेकोले सम्बन्धित निकाय र कम्पनीको ध्यानाकर्षणका लागि सांकेतिक रूपमा दवावमूलक कार्यका लागी सडकमा उत्रिनुपरेको बताए ।
स्वास्थ्यका दृष्टिले श्वासप्रश्वासका साथै यतिवेला उच्च जोखिम रहेको डेंगु संक्रमणको त्रास वढेको स्थानीय जिवन श्रेष्ठले बताए । उनले सके कालोपत्रे सम्पन्न गर्न नत्र तत्कालका लागि सडक क्षेत्रमा परेका खाल्डाखुल्डी पुर्न, प्रगतिनगर चोकमै ४ महिनादेखि अलपत्र परेको कल्भर्टको काम सम्पन्न गर्न र नाला व्यवस्थित गर्नुपर्ने माग रहेको सुनाए ।
विरोधमा उत्रेका स्थानीयका अनुसार कम्पनीले पटक–पटक काम शुरु गर्ने प्रतिवद्धता जनाएपनि वेवास्ता गरेका कारण अब प्रतिवद्धता नभई फिल्डमै मेसिन औजार र मजदुर प्रयोग गरेर काम नथालेसम्म निर्माण कम्पनीका साधनहरू रोक्ने चेतावनी दिए ।
स्थानीयवासी अवरोधमा उत्रिएको जानकारी पश्चात कम्पनीका तर्फवाट उपस्थित प्रतिनिधिले छिटै काम थाल्ने आश्वासन दिए । तर आश्वासनले नहुने भन्दै स्थानीय आक्रोशित भएपछि आजै दिउँसो १ वजेपछि मेसिन, औजार र श्रमिक प्रयोग गरेर कम्पनीले काम शुरु गरेको छ । तत्काललाई बजार क्षेत्रमा कल्भर्ट थुनिएर जमेको फोहोर पानीलाई कल्भर्टबाट पार गराउने, खाल्डाखुल्डी पुर्ने काममा कम्पनी लागेको छ ।
सांकेतिक विरोधमा वडा नं. १५ का जनप्रतिनिधि प्रगतिनगर वजार व्यवस्थापन समिति, नवप्रगति युवा क्रव, टोल सुधार समितिका प्रतिनिधि लगायत बजारवासी ब्यावासीको सहभागिता रहेको थियो ।
अहिले विरोधको गतिविधि रोकेर स्थानीयबासीले कम्पनीले गरिरहेको काम नियालिरहेका छन् ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram