logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

साथीलाई पत्र ...........

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२२ भाद्र २०८०, शुक्रबार
Share it

प्रिय भूतपूर्व विद्याार्थी मित्र, जनज्योति मा.वि,
देवचुली १५ प्रगतिनगर ।
नवलपुर जिल्लाकै पहिलो माध्यमिक विद्यालय देवचुली १५ प्रगतिनगरको पूर्व विद्यार्थी भएको नाताले यहाँलाई आफ्नो अतीत खासगरी स्कुले दिनहरुप्रति गर्वानुभूति भएको हुनुपर्दछ । विद्यालयले यहाँलाई दिएको ज्ञान, सिप र प्रेरणाले यहाँको वर्तमान पनि निश्चयनै सफल र सन्तोषजनक नै रहेको बिश्वास छ ।
यस विद्यालयबाट माध्यमिक तहसम्मको शिक्षा लिएका कतिपय मित्रहरु नेपाल सरकारको उच्च प्रशासनिक पदहरुमा पुग्नुभएको छ। धेरै साथीहरु डाक्टर ईन्जिनियर जस्तो मर्यादित सेवाहरुमा संलग्न हुनुहुन्छ । धेरै जना साथीहरुले विश्वका अनेकौं देशहरुमा रहेर आफूलाई अब्बल प्रमाणित गरीरहनुभएको छ भने देशका विभिन्न ठाँउहरुमा रहेर सामाजिक सेवा, उद्यम र व्यावसाय मार्फत् राष्ट्र निर्माणमाा समर्पित हुनेहरुको संख्या पनि निकै ठुलो बनिसकेको रहेछ । जो जहाँ रहेको भएतापनि अनि जतिसुकै ठूलो सफलता हासिल गरेको भएता पनि हामी सवै एउटै भावनाले बाँधिएका छौं, जनज्योति उच्च माध्यामिक विद्यालयको एउटा बृहद परिवारको सदस्यको रुपमा हामी सबै संगै छौं ।
हामीलाई हाम्रो ईतिहासप्रति गौरवबोध छ अनि भविश्य प्रतिको चिन्ता पनि ।हाम्रो विद्यालयले हामीलाई आफ्नो व्यक्तिगत स्र्वाथभन्दा माथि उठेर आफ्नो समाज र देशको चिन्ता गर्न सिकाएको छ । हामी एकलव्यको कथा पढेर हुर्किएका हौं जस्ले आफ्नो गुरु र गुरु संस्थाको मर्यादा राख्न कठोर भन्दा कठोर परीक्षा दिन पनि तयार राख्दछ ।हाम्रो विद्यालयले हामीलाई हाम्रो सभ्यता र संस्कृतिको त्यस्तो ज्ञान प्रदान गरेको छ जसका कारण हामी लिन भन्दा दिन बढी खुसी हुने अनि आफूभन्दा कमजोरहरुका लागि केही गर्न पाउदा जीवन धन्य भएको महशुस गर्ने गर्दछौं ।
प्रिय मित्रहरु,
आफू जन्मिएको ठाँउ अनि आफूले पढेको विद्यालयको क्रृण तिर्न कस्लाई पो मन नहोला र ? तर आफ्नो सामथर््यले हामीमध्ये धेरैलाई क्रृण तिर्ने यो अवसर प्रदान नगरेको हुनसक्छ । विद्यालयमा केहि गरौं,केहि दिउँ जस्तो लाग्छ तर धेरै दिन नसकिने थोरै दिँदा खासै अर्थ नहुने हुँदा हामी त्यत्तिकै हात बाँधेरै बसिरहेका हुन्छौं । हो हामी एक्लैले कति नै पो गर्न सक्छौं र ? तर हामी मिल्यौं भने ?हो, साथी,हामी सवै मिल्यौं भने थोरै थोरै गरेर पनि त ठूलो परिणाम ल्याउन सक्छौं ।
मित्र, यहि प्रेरणाले हामीलाई एउटा जुक्ति फुराएको छ भुतपूर्व विद्यर्र्थी शैक्षिक अक्षय कोषको स्थापना गर्ने ।
जनज्योति उच्च माविको बृहत परिवारमा हामी छ हजार भन्दा बढि सदस्यहरु रहेछौं । थाहा छैन, कतिपय सदस्यहरु भेटघाट हुनै नसकिने गरी धेरै टाढा पनि पुग्यौं होला । हामीले आगामी दुई वर्ष भित्रमा हाम्रो परिवारका आधा अर्थात करीव तीन हजार सदस्यहरुलाई भेट्ने सपना बुनेका छौं । तीन हजार सदस्यले तीन-तीन हजार मात्रै गुरुदक्षिणा मानेर विद्यालयका नाउँमा सप्रेम सर्मपण गर्न सक्यौं भने पनि झण्डै एक करोड रुपैंयाँ संकलन हुन पुग्छ । यो सबै रुपैंयाँ अक्षयकोषमा जम्मा गर्नेछौं। यसवाट प्राप्त ब्याज रकमबाट आर्थिक रुपले कमजोर भाइबहिनी र छोराछोरीहरुको स्कुल खर्चको जिम्मा लिने छौ, हाम्रा शिक्षकहरुलाई आवश्यक तालिम दिनेछौं, शैक्षिक सामाग्रीको ब्यवस्था र पुस्तकालयलाई थप ब्यवस्थित गर्नेछौं । यसरी हामी हाम्रो बिद्यालयलाई देशकै उत्कृष्ट शैक्षिक संस्था बन्न काँध हाल्नेछौं ।
हाम्रा अभिभावकहरु, गुरु र गुरु आमाहरु अनि समुदायका अरु धेरै इष्टमित्रहरुले पनि पक्कै सहयोग गर्नुहुनेछ । हाल अध्ययनरत भाई बहिनीहरुले पनि बिस्तारै यो अभियानमा हातेमालो गर्दै जानुहनेछ ।यसरी हामीले निकट भविश्यमै विद्यालयका लागि ठूलो धनराशी गुरु दक्षिणाका रुपमा समर्पित गर्न सक्षम हुने छौं ।
यी सबै कामको संयोजन गर्न हालसालै विद्यालय परिवार र नजिकै उपलब्ध हुनुभएका साथीहरुसंगको सर सल्लाहमा जिल्ला प्रशासन कार्यालय नवलपुरमा दर्ता गरी भूतपूर्व विद्यार्थी शैक्षिक अक्षयकोष ब्यवस्थापन समिति नामक संस्था पनि गठन गरेका छौं । धेरै ठूलो परिवार, सबै सदस्यहरुलाई चिन्न पनि नसकिएकोले सरसल्लाहमा हजुर छुट्नुभएको भए पनि नरिसाईदिनुहुन अनुरोध छ । आगामी कार्तिक महिनामा हुने संस्थाको प्रथम अधिवेशनमा यहाँको आगमन हुने नै छ।
संझनुहोस् त मित्र, हामीले कति अभाव झेलेरै पढेको हो? हाम्रो पाईतालामा चप्पल थिएन, झोला नभएर हातमै किताब बोक्नुपर्दा किताव च्यातियर हैरान,एकसरो ड्रेस,त्यहीपनि ठाँउठाँउमा टालेको।हाम्रा धेरै साथीहरुले कापी कितावको जोहो गर्न नसकेरै स्कुल छोडेका होईनन् र ? त्यस्तो अभाव नभईदिएको भए हामीले अझै कति प्रगति गर्थ्यौं होला?
अनि फेरि परिकल्पना गर्नुहोस् त,तपाँई हाम्रो सानो प्रयासले हाम्रै गाँउका कोही पनि नानीबाबुहरु कापी नभएर स्कुल छोड्नु पर्ने छैन । छोराछोरी पढाउन नसकेर बावु आमाले रुनु पर्ने छैन। हाम्रा शिक्षकहरु अझै बढी दक्ष हुनुहुनेछ भने हाम्रो विद्यालय श्रोत साधनले सम्पन्न भई युगअनुकूलको गुणस्तरीय शिक्षा दिन अझै सक्षम हुनेछ,त्यो दिन तँपांई हामी कति धेरै खुसी हनु सकौंला ?
हुन त यो त सरकारको काम होनी भन्ने जस्तो पनि लाग्ला। हुन पनि हो तर सरकारको मात्रै मुख ताक्दा ......खै के भनौं र तँपांईले बुझ्नु भएकै छ ।
धेरै के नै भन्नु छ र यी शब्दहरु तँपांई हाम्रा आफ्नै भावनाहरु नै त हुन् । हामी सबैको समान अनुभूति ।
अन्तिममा सानो आग्रह, तीन हजार सदस्य भेट्ने प्रयासमा तँपांईलाई छिटै भेट्न पाँउ । अँ, तीन हजार रुपैंयाँ छैन भनेर मन नदुखाउनु नि । सक्ने साथीहरुले धेरै पनि गर्नुहुन्छ, नसक्नेले जति मिसाउन पनि सक्नुहुन्छ । तर भेट त हुनै पर्छ । कार्तिकमा हुने अधिवेशन सम्म तीन हजार प्रदान गरेर संस्थाको संस्थापक सदस्य नै बन्न सक्नुहुनेछ ।
भेटघाट र थप जानकारीका लागि तपसिलका माध्यामहरु छँदैछन्। अस्तु ।
दिनेश भुसाल
अध्यक्ष
भूतपूर्व विद्यार्थी शैक्षिक अक्षयकोष ब्यवस्थापन तदर्थ समिति
मो.९८५७०४०७७७

email exstudentjj@gmail.com

Facebook: Ex-student Fix-fund Janajyoti

बैंक खाताः श्री जनज्योति मा बि पूर्व विद्यार्थी शैक्षिक अक्षयकोष व्यवस्थापन समिति
१०५०२६५६७५०००००१
कुमारी बैंक, प्रगतिनगर शाखा

 

 

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram