नवलपुर, कार्तिक १८ ।
देवचुली डाँडा पर्यटन सप्ताह-२०८० का अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा सहभागीले नवलपुरको पर्यटन प्रवर्द्धनमा देवचुली डाँडाको महत्व विषयमा चर्चा गरे ।
देवचुली- ६, किर्तिपुरस्थित पदमार्ग आाधार विन्दुमा आयोजित वक्तृत्व प्रतियोगितामा भाग लिएकी मध्यविन्दु बहुमुखी क्याम्पसकी छात्रा पुजा पराजुलीले प्रथम स्थान हासिल गरेकी छन् भने जनज्योति माविकी छात्रा प्रकृति न्यौपाने, विश्वज्योति वोर्डिङ स्कूलका छात्र विशाल सापकोटा र लक्ष्मी मावि अमरापुरीकी छात्रा तपस्या कंडेलले क्रमश द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरे ।
प्राध्यापक डाक्टर धनपति कोइरालाको संयोजकत्वमा केवी राना र हरि प्रसाद पोखेलको मूल्यांकन टोलीले प्रतियोगीको मुल्यांकन गरेका थिए ।
सात जना सहभागी प्रतियोगीले प्रतिस्पर्धामा भाग लिएका थिए। सप्ताहब्यापी कार्यक्रमको समापनका दिन कार्तिक २१ गते एक समारोहका बीच उत्कृष्ट छनोट चारै जनालाई पुरस्कार राशी प्रदान गरिने आयोजक देवचुली जेसीजले जनाएको छ ।
देवचुली जेसीजका अध्यक्ष गणेश सापकोटाको अध्यक्षतामा भएको शुक्रवारको कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं. ११ का अध्यक्ष तिल प्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली