खगेन्द्र पराजुली, नवलपुर, कार्तिक २१ ।
देवचुली नगरपालिकाले यही कार्तिक २२ गते बुधवारदेखी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
देवचुली-९ विशालटारस्थित कालिका मावि. को सह-आयोजनामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो ।
नगरभित्रका १६ वटा मध्यमिक तहका विद्यालयको प्रतिनिधित्व रहने प्रतिस्पर्धामा करीव ८ सय खेलाडी विद्यार्थीले भाग लिने अपेक्षा गरिएको शिक्षा तथा खेलकुद विकास शाखा देवचुलीका अधिकृत नन्दलाल ढकालले बताए ।
एथलेटिक्स, मार्सल आर्ट, भलिवल र कपर्दी गरी ४ बिधाका ५४ वटा खेलका प्रकारमा छात्र-छात्राका प्रतियोगिता हुने नगर खेलकुद विकास समितिका सचिव प्रकाश काफ्लेले जनाएका छन् ।
बुधवार विहान प्रत्येक सहभागी विद्यालयका सहभागीले खेल मैदानमा मार्चपास प्रदर्शन गर्ने र मार्चपास देखाउँदा अनुशासन, प्रस्तुति र पोशाक लगायतको मूल्यांकनका आधारमा उत्कृष्ट छनोट विद्यालयलाई पुरस्कृत गरिने अधिकृत ढकालले बताए । उनले प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय हुने प्रतिस्पर्धी खेलाडी वा समूहलाई मेडल, प्रमाणपत्र प्रदान गरिने र सबैभन्दा धेरै मेडल प्राप्त गर्ने तीन वटा विद्यालयलाई नगद सहितको पुरस्कार राशी रहेको बताए ।
हरेक विधामा प्रथम र दोस्रो स्थान प्राप्त गर्ने खेलाडी विद्यार्थी वा समूह जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितका लागि छनोटमा पर्ने खेलकुद विकास समिति देवचुलीका अध्यक्ष चन्द्रबहादुर थापा मगरले स्पष्ट पारे ।
देवचुली नगरपालिकाको आयोजना, कालिका माविको सह-आयोजना र नगर खेलकुद विकास समितिको समन्वय-सहयोगमा आयोजित प्रतिस्पर्धा मध्येको एथलेटिक्स विधाका खेलहरू देवचुली-७ रामवास स्थित सेन्टर प्लटको खेल मैदानमा हुने सह-आयोजक विद्यालयका प्रधानाध्यापक रेशम कोइरालाले जनाएका छन् ।
२२ गते बुधवार विहान १० बजे नै प्रतियोगिताका खेल शुरू हुने भए पनि दिउँसो २ वजे नगर प्रमुख हरिप्रसाद न्यौपानेले खेल अवलोकन र उद्घाटन गर्ने तालिका रहेको छ ।
२२,२३ र २४ गते तीन दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली