खगेन्द्र पराजुली, नवलपुर, कार्तिक २३ ।
देवचुली नगरपालिकामा पारिवारिक स्वास्थ्य प्रोफाइल सम्बन्धि अभिमुखीकरण कार्यक्रम भएको छ ।
देवचुली नगरपालिकाको आयोजना तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश र स्वास्थ्य कार्यालय नवलपुरको समन्वयमा नगरपालिकाको सभाहलमा बुधवार एक दिवसीय बैठक एवं अभिमुखीकरण भएको हो ।
नगर प्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका तथ्याङ्क प्रमुख दिवाकर शर्माले पारिवारिक स्वास्थ्य प्रोफाइल कार्यक्रमको औचित्यका बारेमा अभिमुखीकरण सहित सहजीकरण गरेका थिए।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, नगर प्रवक्ता तिलप्रसाद काफ्ले, वडाध्यक्ष तथा कार्यपालिका सदस्य र स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्यकर्मी समेतको संयुक्त सहभागिता र उपस्थिति रहेको थियो ।
सिअहेब शिव पराजुलीको सञ्चालनमा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले स्वागत गरेका थिए।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली