logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

देवचुलीमा शुरू भयो राष्ट्रपति रनिङ शिल्ड, नगर प्रमुखले त‍‍‍ोडे "रातो पिर्का"

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२३ कार्तिक २०८०, बिहीबार
Share it

खगेन्द्र पराजुली, नवलपुर, कार्तिक २३।

देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले प्रतिकुलतालाई अनुकुलतामा ढाल्दै विकासको अनूभूति दिलाउने गरी लागेको बताएका छन् । बुधवार देखी शुरु भएको नगरस्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख वक्ताका रूपमा वोलेका नगर प्रमुख न्यौपानेले यस्तो वताएका हुन् ।

उनले भने- आज हामी धेरै अभावका वीच गुज्रेका छौं । त्यो अभावलाई परिपूर्ति गर्ने हामीसँग सामर्थ्य कम छ । तथापि, हामी फेरी पनि हार खाएका छैनौं।"

नगर प्रमुख न्यौपानेले मुलुकको अर्थतन्त्र निकै अप्ठ्यारो र कठिन अवस्थामा रहेको तर्फ संकेत गरे । अर्थतन्त्रको सन्दर्भलाई जोड्दै उनले भने हामीसँग भएको सानो स्रोत-साधनलाई प्रयोग गरेर विकास‌को अनुभूति दिलाउनुपर्नेछ, जनताको अपेक्षा धेरै छ । गर्नुपर्ने काम धेरै छ, धेरै युवाहरु पलायनको स्थिति छ । हजारौ युवाहरू विदेश पलायन हुँदा राष्ट्रलाई ठूलो क्षति छ । यसकारण हामी चिन्तित छौं। तर पनि सबैको साथ सहयोगमा देवचुली नगरपालिकालाई समृद्ध समुन्नत, सुखी, नगरपालिका-नगरवासी बनाउन आफू प्रतिवद्ध रहेको बताए ।

देवचुली नगरपालिका आयोजक, कालिका मावि सह-आयोजक र नगर युवा तथा खेलकुद विकास समिति सहयोगी रहेर शुक्रवार सम्म तीन दिन सञ्चालित प्रतियोगिता उद्घाटन समारोह कालिका मावि ब्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर भुसालको अध्यक्षतामा भएको थियो ।

नगरभित्रका १६ वटै विद्यालय माध्यमिक विद्यालयको सहभागिता रहेको कालिका मावि परिसरमा खेलकुद क्षेत्रको उत्सव नै लागेको छ । एथलेटिक्स, मार्सल आर्टस्, भलिवल र कपर्दी गरी ४ विधाका विभिन्न ५४ वटा इमेण्ट्समा प्रथम र दोस्रो हुने खेलाडी वा विद्यालयको समूहले जिल्ला स्तरीय प्रतियोगितामा खेल्ने मौका पाउनेछन् ।

पहिलो दिन विभिन्न उमेर समूहका र तौल समूहका मार्सल आर्टस र एथलेटिक्स अन्तरगतका केही विधाका खेल भएका छन् । विहिवार र शुक्रवार दौड, कपर्दी, भलिवल विधाका साथै बाँकी रहेका सम्पूर्ण खेलका प्रतिस्पर्धा गराइने सह-आयोजक विद्यालयका प्रधानाध्यापक रेशम कोइरालाले जानकारी दिए।

अनुशासन, प्रस्तुति, पोशाक सहित प्रदर्शन गरिएको विद्यार्थीको मार्चपासमा भिमसेन मावि प्रथम, नेपाल मावि दोस्रो र बिश्व ज्योति मावि  तेस्रो भएका कार्यक्रम सञ्चालनको भूमिका निर्वाह गरेका शिक्षक डिलप्रसाद भुसालले उद्घोष गरे ।

खेलाडी-विद्यार्थीले मार्चपासकै क्रममा अर्पण गरेको सलामी सहितको सम्मान ग्रहण गर्ने क्रममा यसपटक नगर प्रमुख न्यौपानेले रातो कार्पेटको झल्को दिने र अग्लो टेवल, पिर्का र रातो कपडा प्रयोग गरेनन् ।

खेल क्षेत्रमा उक्त सलामी-सम्मान स्वीकारयोग्य र नियम अनुसारकै मानिए पनि विगतमा विभिन्न प्रतिक्रिया र टिकाटिप्पणी हुँदा रातो पिर्का प्रथा अस्वीकार गरेको नगर प्रमुखका स्वकीय सागर न्यौपानेले खुलाए ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram