खगेन्द्र पराजुली, नवलपुर, कार्तिक २३ ।
देवचुली नगरस्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत कराँते, लङ्जम्प र त्रिपलजम्प खेल सकिएका छन् । बुधबार कालिका माविमा भएको प्रतिस्पर्धामा छात्र छात्रा दुबैका कराँतेतर्फ ५ वटा तौल समूह र एउटा प्रदर्शन गरी ६ वटा ईभेण्ट्सका साथै लङ्जम्प र त्रिपलजम्पका विजेता खेलाडी छानिएका हुन् ।
कराते छात्रतर्फ ४२, ४७, ५२ र ५७ केजी समूहमा भिमसेन माविका विद्यार्थी क्रमशः सिद्धार्थ विक, अनमोल गुरुङ , विनोद खम्चा र बिशाल सारु प्रथम भए भने ६२ केजी र काता प्रदर्शनमा सकलादेबी माविका गौरव सिंजाली र अर्जुन थापाले प्रथम स्थान ओगटे ।
४२, ५२ र ५७ केजीमा सकलादेवी माविका अनमोल पौडेल, रोहन न्यौपाने र युजन बाचे, ६२ केजी र कातामा भिमसेन माविका अमन बिक र निर्मल न्यौपाने दोस्रो हुँदा न्यू नवल स्कूलका कृष्ण न्यौपाने ४७ केजी समूहमा दोस्रो भए ।
कराँतेका सबै बिधामा २ जना तृतीय छनौटमा पर्दा ४२, ५२, ५७, ६२ केजी र कातामा भिमसेन माविबाट प्रतिस्पर्धामा उत्रिएका खेलाडीहरु क्रमशः क्रिपेश राना, निर्मल न्यौपाने, शेखर तामाङ , राहुल सोती र सौरव अर्जेल यसैगरी ४२, ४७, ५२, ५७, ६२ केजी र कातामा क्रमशः सकलादेवी माविका गगन पौडेल, बिकास बराम, अर्जुन थापा, गगन कंडेल, कुशल बसेल, सम्राट तिवारी र गगन पौडेल तेस्रो भए ।
छात्रातर्फ ४०, ४५, ५०, ५५ केजी र कातामा भिमसेन माविका बिद्यार्थीहरु क्रमशः निलम खम्चा, श्रृजना थापा, सलिना केसी, सोइसा आले र एड्रिना गुरुङले प्रथम स्थान सुरक्षित गर्दा ६० केजी उमेर समूहमा भने सकालादेवी माविकी छात्रा सवनम आचार्य पनि पहिलो सूचीमा समावेश भईन् ।
४०, ४५ केजी र कातामा सकलादेवी माविका रञ्जिता फाल, रविना पुन र आकृति चापागाईले दोस्रो स्थान बनाउँदा ५५ र ६० केजीमा भिमसेन माविका शारदा सामन्त र सिम्रन भुजेल एवं ५० केजीतर्फ जनज्योति माविकी सिमरन शाह दोस्रो भए ।
४०, ४५ र कातनमा भिमसेन माविकै सिमरन खत्री, नम्रता राना र श्रृजिका हमाल, ४५, ५० र कातामै सकलादेवी माविका माधवी सिंजाली, रञ्जीला लुंगेली र माधबी सिंजालीले तृतीय स्थान बनाउँदा ४० केजीमा कालिका माविकी सुमिना तिवारी र ५० केजीमा बरचुली माविकी ईन्दिरा पाठक तेस्रो भए । छात्रातर्फ ५५ र ६० केजी तौल समूहमा दुईभन्दा धेरै प्रतिस्पर्धी नहुँदा तृतीय स्थान रिक्त रह्यो ।
कराँतेतर्फ छात्र २४ र छात्रा २० गरी ४४ खेलाडी पदकका लागि छनौट हुँदा भिमसेन माविबाट मात्रै छात्रतर्फ ११ र छात्रातर्फ १० गरी २१ जना, सकलादेवी माविबाट छात्रतर्फ १२ र छात्रातर्फ ७ गरी १९ जना, न्यू नवल स्कूलका छात्र १, बरचुली, कालिका र जनज्योति माविका छात्रा एक-एक जना छनोटमा परेका छन् ।
यस्तै, लङ्जम्पको छात्रतर्फ पृथ्वी माविका तिलबहादुर सारु प्रथम, देबचुली माविका सलमान मियाँ दोस्रो र नेपाल माविका सुवास बराल तेस्रो भए भने छात्रातर्फ पृथ्वी माविकी अनुजा सारु, कालिका माविकी सोनिका भण्डारी र नेपाल माविकी बिनीमाया लुंगेली क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।
छात्र त्रिपलजम्पतर्फ जनज्योति नमूना माविका मनोज राना र भिमसेन माविका अमित ठाडा प्रथम, नेपाल माविका नर कुमार कानुङ मगर दोस्रो र देवचुली माविका सलमान मियाँ तेस्रो हुँदा छात्रातर्फ सकलादेवी माविकी सजल सारु, देवचुली माविकी आस्था थनेत र नेपाल माविकी कोशिका परियार तेस्रो भएका छन् ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली