देवचुली ।
देवचुली नगरपालिकाको वडा नं. ११, १२, १४ का उपभोक्ता रहेका एकता सामुदायिक वन उपभोका समूहले १८ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
शनिवार वन कार्यालय परिसरमा भएको उद्घाटन सत्रमा प्रमुख अतिथिका रुपमा रहेका सव डिभिजन बन कार्यालय देवचुली-बुलिङटारका प्रमुख वसन्त दाहालले संघ र प्रदेश सरकारको वन ऐन कानून आफैँमा बाँझिएका कारण सामुदायिक वन सञ्चालनमा अप्ठेरो परेको आफूले महसुस गरेको धारणा राखे । उनले वनका समस्या र चुनौतीमा सहजीकरण गर्ने सन्दर्भमा आफुले गर्ने सकारात्मक र समन्वयात्मक भूमिकामा कत्ति पनि कन्जुस्याई नगर्ने स्पष्ट पारे ।
वन समूहका सल्लाहकार डिल्लीराम कडरियाले वनको सिमानामा देखिएको विवाद टुङ्याउन कार्यदल वा सर्वपक्षीय संयन्त्र बनाउनुपर्नेमा जोड दिए।
सामुदायिक वन समितिका अध्यक्ष यमप्रसाद भुसालले वार्षिक कार्य प्रगति का साथै आगामी एक वर्षे कार्यक्रम प्रस्ताव गरेका थिए भने लेखा संयोजक रविलाल भुसालले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरे । दुई जनाले प्रस्तुत गरेका प्रतिवेदन बन्दसत्रमा सर्वसम्मत पारित भएको व्यवस्थापक पुष्पा बसेल न्यौपानेले बताइन् ।
देवचुली वडा नं. ६ को भूगोलमा रहेको एकता सामुदायिक बनका लाभान्वित उपभोका वडा नं. ११, १२ र १४ का रहेका छन् ।
हाल ६०२ घरधुरी उपभोक्ता रहेका वन १२८ दशमलव ३ हेक्टर क्षेत्रफल छ ।
यस क्षेत्रभित्र रहेको नेपाल विद्युत प्राधिकरण हेटौंडा वर्दघाट प्रसारण लाइन आयोजनाले १ दशमलव ९३ हेक्टर क्षेत्रफल प्रयोग गरेको छ । हाल उक्त क्षेत्रफल कटाएर १२५.५६ हेक्टर कायम रहेको संशोधित प्रतिवेदनम उल्लेख छ।
छिमेकी वन समूह देउसोत र अमर ज्योति सामुदायिक वनका अध्यक्षद्वय गुनाखर पान्डे र टुकलाल रूचाल लगायतले भनाई राखेका उद्घाटन सत्रको सञ्चालन कोषाध्याक्ष शुकमाया विकले गरेकी थिइन् भने स्वागत मन्तब्य खुमकुमारी गिरीले राखेकी थिइन ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली