logo bikalpa
१८ फाल्गुन २०८०, शुक्रबार
१८ फाल्गुन २०८०, शुक्रबार

गैडाले आक्रमण गर्दा देवचुलीका एक जना घाइते

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
९ मंसिर २०८०, शनिबार
Share it

मंसिर ९, नवलपुर ।

गैंडाको आक्रमणमा परी देवचुली १७ का एक पुरुष घाइते भएका छन् । रजहर पिप्रहरका अन्दाजी ५० बर्षका कालीराम महतोलाई गैंडाले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको शिशवार उपभोक्ता समितिका अध्यक्ष नेत्रबहाद पाण्डेले जानकारी दिए ।

शुक्रवार राती करीव १० वजेको समयमा खेतमा गएका उनलाई गैंडाले आक्रमण गरेको हो । जंगली जनावरबाट खेतीबाली जोगाउन, खेत कुर्न ४- ५ जना समूहमा गएका थिए । बाहिरी चोट नदेखिएको तर बेहोस अवस्थामा पुगेका उनलाई तत्काल उद्धार गरी भरतपुर सरकारी अस्पताल पठाएको भए पनि अहिले सिएमसी भरतपुरमा उपचार भैरहेको अध्यक्ष पाण्डेले बताए ।

उपचारकै क्रममा रहेका महतोको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको चिकित्सक र पारिवारिक स्रोतले जनाएका पाण्डेले जानकारी दिएका छन् ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram