खगेन्द्र पराजुली, नवलपुर, बैशाख ८ । देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले समुदायस्तरमा सञ्चालित सहकारी संस्थाहरुले त्यस क्षेत्रका नागरिकको आर्थिक शसक्तिकरणमा योगदान पुर्याउनुपर्ने बताएका छन् । देवचुली नगरपालिका वडा नं. १४ मा मुख्य कार्यालय रहेको मध्यनेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रजत वर्षका अवसरमा आयोजित समापन समारोहमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । […]